वडा अध्यक्ष कप भलिबल–२०८२ : महेन्द्रोदय माटी च्याम्पियन
भीमेश्वर नगरपालिका–२ मा सम्पन्न प्रतियोगितामा महेन्द्रोदय माध्यमिक विद्यालयले उपाधि जित्यो, भीम माध्यमिक विद्यालय दोस्रो स्थानमा
हेर्दाहेर्दै डेस्क
३ फागुन २०८२, आइतवार
295
SharesNews Summary
- भीमेश्वर नगरपालिका–२ मा सम्पन्न वडा अध्यक्ष कप भलिबल–२०८२ मा महेन्द्रोदय माध्यमिक विद्यालय च्याम्पियन बन्यो।
- प्रतियोगितामा भीम माध्यमिक विद्यालय दोस्रो, त्रिपुरा बोर्डिङ स्कुल तेस्रो र कुटीडाँडा माध्यमिक विद्यालय सान्त्वना स्थानमा रहे।
- यसले आधारभूत तहका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र प्रतिस्पर्धात्मक क्षमतामा प्रेरणा थपेको आयोजकले जनाएको छ।
दोलखा । भीमेश्वर नगरपालिका–२ को वडा कार्यालय र भीम माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न वडा अध्यक्ष कप भलिबल–२०८२ मा महेन्द्रोदय माध्यमिक विद्यालयले च्याम्पियनको उपाधि जितेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै महेन्द्रोदयले उपाधि हात पार्दा भीम माध्यमिक विद्यालय दोस्रो स्थानमा रह्यो। त्यस्तै, त्रिपुरा बोर्डिङ स्कुल तेस्रो र कुटीडाँडा माध्यमिक विद्यालय सान्त्वना स्थानमा परेका छन्।
‘भलिबलको लहर–एकताको नगर’ भन्ने मूल नाराका साथ सञ्चालन भएको प्रतियोगितामा नगरभरिका विद्यालयहरूले सक्रिय सहभागिता देखाएका थिए। प्रतियोगिताले आधारभूत तहका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र प्रतिस्पर्धात्मक क्षमतामा प्रेरणा थपेको आयोजकले जनाएको छ।
वडा कार्यालयले प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेको छ।
295 Shares
हेर्दाहेर्दै डेस्क