गोरखामा माइक्रो दुर्घटना : ७ भारतीय तीर्थयात्रीको मृत्यु, ८ घाइते
मनकामना दर्शन गरेर फर्कने क्रममा भएको दुर्घटनामा ७ भारतीय तीर्थयात्रीको मृत्यु, ८ जना घाइते; ब्रेक फेल भएको प्रारम्भिक अनुमान।
हेर्दाहेर्दै डेस्क
३० फागुन २०८२, शनिवार
140
SharesNews Summary
- गोरखामा माइक्रो बस दुर्घटना हुँदा ७ जना भारतीय तीर्थयात्रीको मृत्यु।
- मनकामनाबाट फर्कँदै गरेका ७ जना घाइते, उनीहरूको उपचार भइरहेको।
- ओरालो बाटोमा ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक अनुमान।
गोरखा । गोरखामा शनिबार साँझ भएको माइक्रो बस दुर्घटनामा ७ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार मनकामना दर्शन गरेर फर्कने क्रममा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो। उक्त माइक्रोमा चालकसहित १४ जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेहरूको आँबुखैरेनी र चितवनका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ओरालो बाटोमा माइक्रो बसको ब्रेक फेल भएको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
140 Shares
हेर्दाहेर्दै डेस्क