कृषि प्रदर्शनी मेलामा गौरीशंकर गाउँपालिका उत्कृष्ट
तीन गाउँपालिकाको समन्वयमा सम्पन्न कृषि मेला
हेर्दाहेर्दै डेस्क
११ पुष २०८२, शुक्रवार
518
SharesNews Summary
- दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाले कृषि प्रदर्शनी मेला सफलतापूर्वक सम्पन्न गर्यो।
- स्थानीय उत्पादन प्रवर्द्धनका लागि ८० कृषकले विविध कृषि उत्पादन प्रदर्शन गरे।
- मेलामा गौरीशंकर गाउँपालिका सबै विधामा उत्कृष्ट हुन सफल भयो।
दोलखा । दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाको आयोजनामा सम्पन्न कृषि प्रदर्शनी मेला सफलतापूर्वक सम्पन्न भएको छ। मेलामा ८० जना कृषकले आफ्ना विविध कृषि उत्पादनहरू प्रदर्शनीका लागि प्रस्तुत गरेका थिए।
गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकाको समन्वयमा तथा ग्रामिण विकास टुकी संघ दोलखा अन्तर्गत सिविन नेपालद्वारा सञ्चालित ओसेलिप परियोजनाको आर्थिक सहयोगमा उक्त मेला आयोजना गरिएको हो।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै किसानहरूको हौसला बढाउने उद्देश्यले आयोजना गरिएको मेलामा गौरीशंकर गाउँपालिका सबै विधामा उत्कृष्ट हुन सफल भएको आयोजकले जानकारी दिएका छन्।
518 Shares
हेर्दाहेर्दै डेस्क