नेकपा दोलखा–काठमाडौं सम्पर्क समितिको पहिलो ‘एकता सन्देश सभा’ हुँदै
दोलखा–काठमाडौं सम्पर्क समितिद्वारा पहिलोपटक ‘एकता सन्देश सभा’ आयोजना
हेर्दाहेर्दै डेस्क
२४ पुष २०८२, बिहिवार
423
SharesNews Summary
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखा–काठमाडौं सम्पर्क समितिले पुष २६ गते काठमाडौंमा ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ।
- सभामा १६ कम्युनिस्ट पार्टीका प्रतिनिधि सहित सबै वर्गको सहभागिता रहनेछ र जनसमुदायलाई सकारात्मक राजनीतिक सहभागिताका लागि आह्वान गरिनेछ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखा–काठमाडौं सम्पर्क समितिले आगामी पुष २६ गते, शनिबार बिहान ११ बजे काठमाडौँको रोयल जडिबुटी ब्याङ्क्वेटमा पहिलो पटक ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।
सभामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १६ वटा कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, समर्थक, युवा पुस्ता (Gen Z), बुद्धिजीवी तथा पत्रकारलगायत सबै वर्गका लागि सहभागिता खुला रहनेछ। सभामा राजनीतिक सन्देश आदान–प्रदान, शीर्ष नेताहरूको सम्बोधन तथा युवा केन्द्रित संवाद हुने अपेक्षा गरिएको छ।
सम्पर्क समितिले उक्त कार्यक्रममार्फत जनसमुदायलाई सकारात्मक राजनीतिक सहभागितामा प्रेरित गर्दै समाज निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गर्ने जनाएको छ।
423 Shares
हेर्दाहेर्दै डेस्क