चर्चा धेरै, अड्कल झन् धेरै; अन्ततः अजयबाबु शिवाकोटीको नाममा कांग्रेसको टिकट
टिकटको दौडमा धेरै नाम, अन्तिम निर्णय शिवाकोटीको पक्षमा
हेर्दाहेर्दै डेस्क
५ माघ २०८२, सोमवार
464
SharesNews Summary
- नेपाली कांग्रेसले लामो समयदेखिको आन्तरिक खिचातानीपछि दोलखाको प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई उम्मेदवार टुंगो लगाएको छ।
- कुन्दनराज काफ्लेले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर उम्मेदवारीको चर्चामा रहे पनि अन्ततः पार्टीले सबै अड्कलबाजीलाई चिर्दै शिवाकोटीलाई टिकट दिएको हो।
दोलखा । नेपाली कांग्रेस दोलखाको प्रतिनिधि सभा उम्मेदवारीलाई लिएर लामो समयदेखि चल्दै आएको चर्चा, अड्कल र आन्तरिक खिचातानीको अन्त्य भएको छ। सबै अनुमानलाई चिर्दै कांग्रेसले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार पार्टीले उनको नाममा टिकट टुंगो लगाएको हो।
टिकटको दौडमा कांग्रेसभित्र तारा कोइराला, कुन्दनराज काफ्ले, प्रभुराम श्रेष्ठलगायत प्रभावशाली नेताहरूको नाम पटक–पटक उठ्दै आएको थियो। विशेषगरी बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सोमबार हेटौंडा पुगेर प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएपछि दोलखामा राजनीतिक तरंग झन् तीव्र बनेको थियो। काफ्लेको राजीनामालाई प्रतिनिधि सभाको उम्मेदवारीतर्फको निर्णायक कदमका रूपमा हेर्नेहरू धेरै थिए।
सामाजिक सञ्जालदेखि चिया पसलसम्म काफ्लेको नाम निश्चितजस्तै चर्चामा रहँदा पनि अन्तिम घडीमा कांग्रेसको निर्णय अर्कै दिशामा मोडियो। राजीनामासहितको चर्चालाई पछि पार्दै अन्ततः टिकट अजयबाबु शिवाकोटीको हातमा पुग्यो। धेरै अड्कल, धेरै चर्चा र धेरै अनुमानबीच कांग्रेसको दोलखाको उम्मेदवारी अब शिवाकोटीमा गएर टुंगिएको छ।
464 Shares
हेर्दाहेर्दै डेस्क